//सन्धिखर्क १ शान्तिनगर टाेलकाे भेला, उत्कृष्ठ सरसफाई गर्ने घरमुलीलाई सम्मान गरिने

सन्धिखर्क १ शान्तिनगर टाेलकाे भेला, उत्कृष्ठ सरसफाई गर्ने घरमुलीलाई सम्मान गरिने

हरिप्रसाद भुसाल / असाेज ३, अर्घाखाँची

शान्तिनगर टाेल सुधार समिति सन्धिखर्क नगरपालिका वडा नं १ काे भेला सम्पन्न भएकाे छ ।

भेलाले सुर्य प्रसाद भुसालकाे नेतृत्वमा नयाँ कार्यसमितिकाे सर्वसम्मत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा हरिप्रसाद भुसाल, सचिवमा नारायण खड्का, सहसचिवमा गाेमा श्रेष्ठ, काेषाध्यक्षमा कमला खनाल रहनुभएकाे छ ।

त्यस्तै समिति सदस्यहरुमा लक्ष्मण खड्का, कमला पाैडेल, यज्ञ प्रसाद भुसाल, सीता पाण्डे, राधादेवी भुसाल, शालिकराम अधिकारी, दुर्गा श्रेष्ठ, गंगा घिमिरे, राजेन्द्र आचार्य, लक्ष्मी केसी रहेका छन् ।

त्यस्तै भेलाले पुर्व अध्यक्ष कविराम खनाल सहितकाे सल्लाहकार समिति समेत गठन गरेकाे छ । जसका सदस्यहरुमा काँशिराम बस्याल, बलराम मिश्र, सराेज पाैडेल, बाबुराम श्रेष्ठ, राम प्रसाद भुसाल, मिना बिसि रहेका छन् ।

समितिकाे आजै सम्पन्न समितिकाे पहिलाे वैठकले हरेक महिनाकाे अन्तिम शनिवार टाेल क्षत्रमा अनुगमन गर्ने र उत्कृष्ठ सरसफाई गर्ने एकजना घरमुलीलाई सम्मान गर्ने निर्णय समेत गरेकाे छ ।