//पाँच दलिय गठवन्धन टुट्ने खतरा : महामन्त्री सिंह

पाँच दलिय गठवन्धन टुट्ने खतरा : महामन्त्री सिंह

हरिप्रसाद भुसाल / असाेज ४, अर्घाखाँची

नेकपा मसालका महामन्त्री माेहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलिय गठवन्धन कुनैपनि बेला टुट्नसक्ने बताएका छन् ।

एकातिर सत्तागठवन्धनमा रहेका दलहरुले हैसियतभन्दा बढि माग गरेका कारण असमझदारी भई गठवन्धन भत्कन सक्छ” नेता सिंहले भने “अर्काेतिर नेपाली काँग्रेसकाे एउटा पक्ष गठवन्धनकाे विपक्षमा छ ।”

गत स्थानिय निर्वाचनमा आफुहरुले ईमान्दारिता प्रस्तुत गरेकाे दावी गर्दै नेता सिंहले भने “बरु जनमाेर्चा हार्न तयार भयाे तर एमालेसंग तालमेल गरेन, तर काँग्रेस माओवादीले ठाउँठाउँमा एमालेसंग तालमेल गरे ।”

यद्यपि आफुहरुकाे जाेड गठवन्धन बचाउन केन्द्रित भएकाे नेता सिंहकाे भनाई छ । नेकपा मसालका महामन्त्री माेहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटाेमा अगाडि बढेकाे भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।

“हिन्दु राज्यकाे बाटाेमा एमाले हिडेकाे र हिन्दु राष्ट्रकाे लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटाेमा एमाले छ ।” सिंहले भने “त्यसैले परिवर्तन जाेगाउन हामीले एमालेलाई हराउनुपर्छ ।”